४० हजार मत गन्दा सुहाङ ५,६६२ मतान्तरले अगाडि, यस्तो छ पछिल्लो परिणाम


१७ बैशाख २०८१, सोमबार
suhang first 3

इलाम । इलाम–२ मा ४० हजार बढी मत गनिसक्दा नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार २१९ मतका साथ अग्रस्थान कायमै राखेका छन् । दोस्रो स्थानमा रहेका कांग्रेसका डम्बरबहादुर खड्काको १० हजार ५५७ भोट छ । दुई जनाबीचको मतान्तर ५, ६६२ मत छ ।

पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिम ८,८२५ मत ल्याएर तेस्रो स्थानमा रहँदा रास्वपाका मिलन लिम्बू २,६४५ भोटका साथ चौथोमा छन् । नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले ३२२ भोट प्राप्त गरेका छन् । त स्थानीय तहमा जितेका वडा तथा पालिकामा कांग्रेसका उम्मेदवारले पाए अनुसारको मत खड्काले बचाउन सकेनन् । गाउँपालिका अध्यक्ष र अधिकांश वडाध्यक्ष जितेको स्थानमासमेत कांग्रेस तेस्रो स्थानमा पुगेको छ ।

गाउँपालिका अध्यक्ष र ६ मध्ये ५ वटा वडाध्यक्ष जितेको चुलाचुली गाउँपालिकामा कांग्रेस तेस्रो स्थानमा खुम्चियो । एमालेले चुलाचुलीमा कुल मत ४ हजार ७४ पाउँदा कांग्रेसले २ दुई हजार ५८६ मत पायो । स्वतन्त्र उम्मेदवारले कांग्रेसलाई पछि पार्दै यस पालिकामा ३ हजार २९९ मत ल्याए ।

माङ्सेबुङ गाउँपालिकामा प्राप्त नतिजाले कांग्रेस थप पछि धकेलियोे । स्थानीय तहमा अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा पराजित भएको हुँदा तुलनात्मक रुपमा कांग्रेस यहाँ कमजोर थियो । पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार थेगिमले ह्वात्तै मत बढाउँदा एमालेसँगको मतान्तर कम भयो स्वतन्त्र उम्मेदवारले कांग्रेसलाई नजिकबाट पछ्याए ।

माङ्सेबुङमा स्वतन्त्र उम्मेदवार थेगिमले कांग्रेस र एमाले उम्मेदवार भन्दा बढी मत पाएका थिए । थेगिमले २ हजार ६३९, एमालेले २ हजार ५९१ र कांग्रेसले १ हजार ४८० मत पाए । यस पालिकाको गणना सकिँदा कांग्रेससँग स्वतन्त्र उम्मेदवारको मतान्तर २०७ मात्रै थियो ।

शुरुवाती मतगणनामा फाकफोकथुमबाट कांग्रेसले अग्रता लिएको थियो । त्यो अग्रता दुईटा वडामा भन्दा बढी रहन सकेन । फाकफोकथुमको वडा नम्बर १, २ मतगणना सकिँदासम्म अग्रता लिइरहेका खड्कासँग मतान्तर नेम्बाङले ३ नम्बर वडामा पुग्दासम्म घटाइसकेका थिए । यी तीन वडाको मतगणना सकिँदा डम्बरको १ हजार ६५८ र नेम्बाङले १ हजार ६३० मत पाएका थिए । फाकफोकथुम गाउँपालिकाको सबै मत परिणाम आइसक्दा खड्का १ हजार १५५ मतले पछि परिसकेका थिए ।

एमालेले ४ हजार ४१३ मत पाउँदा दोस्रो स्थानमा रहेको कांग्रेसले ३ हजार २५८ मत पायो । गत स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष जित्न नसकेको कांग्रेसले १, २, ४ र ७ को वडाध्यक्ष पद जितेको थियो । माई नगरपालिकाका वडा नं ६, ७ र ८ बाट पनि कांग्रेसले सन्तोषजनक मत पाउन सकेन । अघिल्लो चुनावमा वडा नम्बर ६ को वडाध्यक्ष जितेको कांग्रेसलाई वडा नम्बर ७ मा पुग्दा स्वतन्त्र उम्मेदवारले पनि पछि पारे ।

हेर्नुस् अहिलेसम्म कसले कति मत ल्याए

k 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७