गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति वैधानिक, सुरेन्द्र पाण्डेको रिट खारेज


१७ बैशाख २०८१, सोमबार
khagaraj adhikari

काठमाडौं । सर्वाेच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति विवादबारे दायर रिट खारेज गरेको छ । न्यायाधीश सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको इजालसले रिट खारेज गरेको हो ।

योसँगै अधिकारी नेतृत्वको सरकारले वैधानिकता पाएको छ । नेपाली कांग्रेसले सभामुख समेतलाई गणना गरेर सरकार बनाउनु गैरसंवैधानिक हुने जिकिर गर्दै रिट दायर गरेको थियो । गत २५ चैतमा एमालेका २२, सभामुखसहित माओवादीका आठ र एक जना स्वतन्त्र सांसदको समर्थनमा बहुमत पुर्‍याएर अधिकारी मुख्यमन्त्री बनेका थिए ।

सभामुखलाई पनि गणना गरेर सरकारमा दाबी गरेको विषयमा विरोध जनाउँदै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत २७ चैतमा सर्वोच्च अदालतमा रिट हालेका थिए । उनले प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, एमाले दल नेता एवं मुख्यमन्त्री खगराज अधिकारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरालाई प्रतिवादी बनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७