इलाम अपडेट : ४५ हजार मत गणना, सुहाङ ६,४३९ मतान्तरले अघि


१७ बैशाख २०८१, सोमबार
Suhang

इलाम । इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ । अहिलेसम्म लगभग ४५ हजार हाराहारीमा मत गणना भइसकेको छ । पछिल्लो मतपरिणमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो मतान्तर बढाउँदै लगेका छन् ।

निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा उनी ६,४३९ मतले अघि छन् । नेम्वाङले १९ हजार १ सय १४ मत पाएका छन् । त्यस्तै, उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६ सय ७५ मत प्राप्त गरेका छन् ।

फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई लगायतका वडाहरूको मत गणना भइसकेको छ । अहिले देउमाई नगरपालिकाको मतगणना जारी छ । जस अन्तर्गंत वडा नम्बर ७ सम्मको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७