इलाम–२ मा रास्वपाका मिलन लिम्बूसहित यी १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)


१८ बैशाख २०८१, मंगलवार
mat gadana 1

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा भएको उपनिर्वाचनको अन्तिम परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूसहित १९ उम्मेदवारको जमानत जफत भएको छ । १९ जना उम्मेदवार रहेकामा १६ उम्मेदवारले जमानत जोगाउन नसकेका हुन् ।

जमानत जफत हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीलगायत उम्मेदवार छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशनलगायतको पनि जमानत जफत भयो । निर्वाचनमा जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्छ ।

इलाम–२ मा ६८ हजार ४७२ मत सदर भएको थियो । ६९ हजार ३७४ मत खसेकोमा ९०२ मत बदर भएको जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ । रास्वपाका उमेदवार मिलन लिम्बूले पाँच हजार ५० मत ल्याए भने नेकपा एकीकृत समाजवादीले ४०८, राप्रपाले ४०४, जनमत पार्टीले ११८, जनमत पार्टीले ३३, जनमत पार्टीले ३३ मत प्राप्त गरे ।

इलाम–२ नेकपा (एमाले), नेपाली कांग्रेस र पहिचानवादी स्वतन्त्र उम्मेदवारको मात्रै जमानत जोगिएको हो । जसमध्ये नेकपा (एमाले) का सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । नेम्वाङले निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेका हुन् ।

विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । तेस्रोमा पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । २०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि यो क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन भएको हो ।

jafat

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७