सुहाङलाई बधाई दिँदै ओलीले भने–एमालेले आशा लाग्दा युवाहरुलाई अगाडि बढाउँछ


१८ बैशाख २०८१, मंगलवार
kp oli suhang235

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले इलाम–२ को उपनिर्वाचनमा निर्वाचित एमालेका युवा उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले सुहाङलाई बधाई र इलामका मतदातालाई धन्यवाद व्यक्त गरेका हुन् । अध्यक्ष ओलीले आफ्नो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको समेत बताएका छन् । उनले आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै लैजाने उल्लेख गरेका छन् ।

‘इलाममा सुहाङ, हार्दिक बधाई !! इलामका मतदातालाई धन्यवाद ११ मैले अस्ती चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ– कति भोटले जितिन्छ ? सुहाङले भन्नु भएको थियो–इलामेली जनतालाई सोध्नु पर्छ । आज अन्तिम परिणाम आयो– ५,८३० मतान्तरले जीत भयो ।’ अध्यक्ष ओलले भनेका छन्, ‘हाम्रो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने छ । फेरि बधाई सबै इलामेलीलाई !!’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७