उत्तराखण्ड सरकारले खारेज गर्‍यो पतञ्जलीका यी १४ उत्पादनको लाइसेन्स


१८ बैशाख २०८१, मंगलवार
ramdev 1
फाइल फोटो

नयाँदिल्ली । भारतको उत्तराखण्ड सरकारले यही अप्रिल १५ मा एक आदेश जारी गरेर पतञ्जलीका १४ उत्पादनका लाइसेन्स रद्ध गरेको सर्वोच्च अदालतलाई जानकारी दिएको छ । ‘ड्रग्स एण्ड म्याजिक रेमेडिज एक्ट’ को उल्लंघन गरेका कारण रामदेव, आचार्य बालकृष्ण र पतञ्जलीविरुद्ध आपराधिक गतिविधिमा उजुरी समेत दर्ता गरिएको जनाइएको छ ।

उत्पादन रद्ध गरिएका सामग्रीमा स्वासारी गोल्ड, स्वासारी वटी, ब्रोंकोम, स्वासारी प्रवाही, स्वासारी अवलेह, मुक्ता वटी एक्स्ट्रा पावर, लिपिडोम, बीपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडवांस, लिवोग्रिट, आइग्रिट गोल्ड र पतञ्जली दृष्टि आइड्रप रहेको जनाइएको छ ।

भारतको सर्वोच्च अदालतको जिज्ञासामा स्थानीय सरकारले सो जवाफ दिएको हो । रामदेव र बालकृष्णमाथि सर्वोच्चको आदेशको अवहेलना गरेको बारेमा सुनुवाई भइरहेको बेलामा राज्य सरकारले पनि उत्पादन रद्ध गरेको हो । केही अघि पतञ्जलीका तर्फबाट अखबारमा बिना शर्त क्षमायाचना प्रकाशित भएको थियो । सर्वोच्च अदालत इन्डियन मेडिकल एशोसिएसनको २०२२ को एक याचिकामा सुनुवाई गरिरहेको जनाइएको छ ।

जसमा कोभिड टीकाकरण अभियान र चिकित्साको आधुनिक प्रणालीको बदनाम गरिएको आरोप लगाइएको छ । गएको हप्ता सुनुवाइका क्रममा न्यायाधीश हिमा कोहली र अहसानुद्धिन अमानुल्लाहको बेन्चले पतञ्जलीसँग अदालतको आदेशको अवहेलनामा जवाफ मागेको थियो ।

सर्वोच्चले पतञ्जलीसँग जोडिएको दिब्य फार्मेसीको बारेमा पनि सुनुवाइ गरिरहेको छ । जसले विज्ञापन निकालेर थाइराइड, कलेजो र छालाका बिरामीको समस्या पुरै ठीक हुने जनाएको थियो । त्यसमा आधुनिक चिकित्सा विज्ञानलाई पनि आलोचना गरिएको थियो । यसबारेमा रामदेव र आचार्य बालकृष्णले अदालत समक्ष बिना शर्त माफी मागिसकेका छन् । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७