इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण : संगठन कमजोर थियो


१८ बैशाख २०८१, मंगलवार
kamal thapa

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर भएका कारण कम मत आएको स्पष्टीकरण दिएका छन् । इलाम–२ मा राप्रपा नेपालबाट उम्मेदवार बनेका गणेशबहादुर चौहानले केवल ४३ मत प्राप्त गरेपछि अध्यक्ष थापाको यस्तो टिप्पणी आएको हो ।

अध्यक्ष थापाले वर्तमान भ्रष्ट व्यवस्थाप्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढीरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्ने बारे नयाँ शिराबाट सोच्न आव्हान समेत गरेका छन् ।

उनले भनेका छन्, ‘इलाममा पार्टी संगठन कमजोर थियो, प्रचार अभियान प्रभावकारी थिएन।थोरै भोट आउनु स्वभाविक हो । वर्तमान भ्रष्ट व्यवस्थाप्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढीरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नेबारे नयाँ शिराबाट सोच्न आह्वान गर्दछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७