१६ वर्षीया इरानी किशोरीलाई सुरक्षाकर्मीले हत्कडीमै बलात्कार गरी हत्या गरेको खुलासा


१८ बैशाख २०८१, मंगलवार
Nika Shakarmani

काठमाडौँ । एक इरानी किशोरीलाई इरानको सुरक्षा बलमा काम गर्ने तीन पुरुषले यौन उत्पीडनपछि हत्या गरेको खुलासा भएको छ । यो रहस्य सुरक्षा बलले लेखेको विश्वास गरिएको एउटा ‘लिक’ कागजातबाट खुलेको दाबी बीबीसीले गरेको छ ।

ती कागजातबाट सन् २०२२ मा इरानमा जारी विरोध प्रदर्शनका क्रममा अचानक बेपत्ता भएकी १६ वर्षीया निका शक्रमानीलाई के भयो भन्ने कुरा पत्ता लागेको हो । नौ दिनपछि उनको शव फेला परेको थियो । इरान सरकारले उनले आत्महत्या गरेको दाबी गरेको थियो ।

यी विषयमा इरानी सरकार र रिभोल्युसनरी गार्ड समक्ष प्रस्तुत गर्दा कुनै प्रतिक्रिया आएन । यो प्रतिवेदनलाई ‘अत्यधिक गोप्य’ भनी चिह्न लगाइएको छ । यो रिपोर्ट सुरक्षा बल इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) द्वारा निकाको मुद्दामा गरिएको सुनुवाइको सारांश हो ।

यसमा उनका हत्यारा र सत्य लुकाउन खोज्ने वरिष्ठ कमाण्डरहरूका नाम छन् । निकालाई गोप्य भ्यानमा राखिएको थियो र त्यसपछि उनलाई जे गरियो, त्यो हृदयविदारक छ ।
–एक व्यक्तिले उनलाई बलात्कार गर्‍यो ।
–हतकडी लागेको अवस्थामा पनि निकाले विरोध गरिन् र हातखुट्टा हल्लाउँदै आफूलाई बचाउने प्रयास गरिन् ।
–त्यसपछि उनलाई लाठीले पिटियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७