मतदातालाई धन्यवाद दिँदै लिम्बूले भने–राजनीति बेथितिविरुद्ध घण्टी बजाइरहन्छु


१८ बैशाख २०८१, मंगलवार
milan limbu 1

काठमाडौँ । इलाम–२ बाट प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले राजनीतिमा कायम रहेको बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहने बताएका छन् ।

आज (मंगलबार) अन्तिम मत परिणाम आएपछि सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिँदै उनले मुलुकमा सुशासन, सबैको आत्मसम्मान र सामाजिक न्यायसहितको उन्नत लोकतन्त्र, संघीय गणतन्त्रका पक्षमा काम गरिरहने बताएका छन् ।

उनले भनेका छन्, ‘प्रिय इलामेली आमा–बुबा, दिदीबहिनी तथा दाजुभाइहरू ! सर्वप्रथम यहाँहरू सबैमा हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु । नेपालको राजनीतिक प्रणालीलाई थप सुदृढ गर्न र दलीय प्रतिष्पर्धासहितको लोकतन्त्रलाई मजबुद पार्न यहाँहरूले गर्नु भएको मतदान आफैमा एउटा बलियो आधारस्तम्भ हो भन्ने मलाई लागेको छ ।’

लिम्बूले आफूसँगै प्रतिस्पर्धा गरेर निर्वाचित भएका नेकपा एमालेका सुहाङ नेम्वाङलाई बधाई तथा शुभकामना दिएका छन् । उपनिर्वाचनमा नेकपा एमालेका सुहाङले २७,७७२ (निर्वाचित) नेपाली कांग्रेसका डम्बर खड्का २१,९४२, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११,४५७ र रास्वपाका मिलन लिम्बूले ५,०५० मत ल्याएका छन् । लिम्बूको जमानत जफत भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७