पर्वतमा दम्पती हत्या प्रकरणमा दुई जना पक्राउ


१८ बैशाख २०८१, मंगलवार
Gc dampati parbat

काठमाडौं । पर्वतको जलजला गाउँपालिका–२, मल्लाजमा भएको एक दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

घटनास्थलबाट हत्यामा प्रयोग भएको ठानिएको हँसिया बरामद गरेको प्रहरीले मृतक ६९ वर्षीय सूर्यबहादुरले लगाएको हातको औंठी र उनकी ६७ वर्षीया श्रीमती कमला जीसीले लगाएको सिक्री समेत चोरी भएको देखिएपछि लुटपाट गर्ने क्रममा उनीहरूको हत्या भएको हुनसक्ने आंकलन गरिएको हो ।

१९ चैतको राति ९ बजेसम्म आफन्तसँग फोनमा कुराकानी गरेर सुतेका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसी भोलिपल्ट मृत भेटिएका थिए । जिल्ला र प्रदेशबाट खटिएको अनुसन्धान अधिकृतको टोलीले आरोपी पक्राउ गर्न नसकेपछि संसद्मा समेत प्रश्न उठेको थियो । त्यसपछि प्रहरी महानिरीक्षक वसन्त कुँवरले सीआईबीको टोली पठाएका थिए । पर्वतमै पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृतमा जानकारी दिने प्रहरी तयारी छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हत्यामा संलग्न २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्ण बिक र दीपक परियार छन् । ब्युरोका प्रहरी निरीक्षक कृष्ण ध्वजुको टोलीले म्याग्दी र पोखरा पुगेर उनीहरूलाई पक्राउ गरेको हो । परियारलाई पोखरा र बिकलाई म्याग्दीबाट नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले दिए । प्रहरीले लुटपाट गरेको गहना पनि बरामद गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७