सुदूरपश्चिम प्रदेशमा नाउपाकी थापा कृषिमन्त्री नियुक्त, लिइन् शपथ


१८ बैशाख २०८१, मंगलवार
Sapath Tika

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज (मंगलबार) मुख्यमन्त्री सोडारीले नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री सोडारीले थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मन्त्रीमा नियुक्त भए लगत्तै थापाले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजिर मियाँले मन्त्री थापालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले यसअघि नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका थिए ।

एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ वैशाखमा विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७