विदेश पठाइ भन्दै ४२२ जनाबाट तीन करोड बढी ठगी, गिरोहका ६ सदस्य पक्राउ


१८ बैशाख २०८१, मंगलवार
arrested

काठमाडौं । आकर्षक रोजगारीका लागि विदेश पठाइ दिन्छु भनेर करोडौं ठगी ठगी गर्ने गिरोहका सदस्यहरूई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाइदिने बहानामा ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो । न्युजिल्याण्ड, रोमानिया, थाइल्यान्डलगायत मुलुकमा पठाउने नाममा उनीहरूले ठगी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

कार्यालयले पक्राउ परेकाहरूलाई मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरेको छ । यस गिरोहका मुख्य अभियुक्त धादिङका रमेश बयलकोटी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो गिरोहले ४२२ जनासँग ३ करोडभन्दा बढी ठगी गरेको पाइएको छ । भिसा प्लस कन्सल्टेन्सीका नाममा ठगी धन्दा चलाउँदै आएको गिरोहले न्युजिल्याण्ड पठाउने नाममा जनही १७ तथा रोमानिया पठाउने नाममा ७ लाखसम्म ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७