मोबाइलमा बोलिरहेका बेला चट्याङ्ग लागेर मृत्यु


२७ जेष्ठ २०७५, आईतवार
chatyang.

अर्घाखाँची, २७ जेठ । के तपाई पनि मोबाइल चार्जमा लगाएर बोल्नु हुन्छ ? यदि यसो गरिरहनु भएको छ भने आजै छाड्नुस् । मोबाइलमा कुराकानी गरिरहेको बेला चट्याङ लागेर ज्यानै पनि जान सक्छ ।chatyang.

अर्घाखाँचीको मालारानी गाउँपालिका– ९ गोखुङ्गा सल्लेका १८ वर्षीय विकास थापाको शनिबार राति मोवाइलमा बोलिरहेका बेला चट्याङले लागेर ज्यान गएको छ । उनले मोबाइल चार्जमा राखेर कुराकानी गरिहेको अबस्थामा चट्याङले लागेर मृत्यु भएको हो । रातिको सवा दश बजेतिर परेको चट्याङले उनको ज्यान गएको हो । ‘मोबाइल चार्जमा राखेर दाइले फोनमा कुराकानी गरिरहनु भएको थियो’ सँगै रहेका भाइ (सानी आमाका छोरा ) नविन हौजालीले भने, ‘कुराकानी गर्दा गर्दै दाइ बेहोस भएर ढलेपछि मैले ठूलीआमालाई खबर गरे ।’

राति नै परिवारले उनलाई जिल्ला अस्पताल ल्याएकोे थियो । तर, उनलाई बचाउन सकिएन । उनको घटनास्थलमै मृत्यु भएको थियो । विकासले गाउँमै रहेको सूर्य माविबाट कक्षा १२ को परीक्षा दिएर बसेका थिए । छोराको मृत्युले आमा जाली थापा भावविहल छिन् । दुई छोरामध्येका कान्छो छोराको अप्रत्यासित निधनले उनलाई गहिरो चोट परेको छ ।

उनका श्रीमान लिलबहादुर थापाको पनि निधन भइसकेको छ । जेठा छोरा इण्डिन आर्मी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदिप डिसीले चट्याङको जोखिमबाट जोगिने उपाय अवलम्बन गर्नुपर्ने बताउँछन् । ‘चट्याङ परेको बेला विद्युतीय सामग्रीहरू सञ्चालनमा ल्याउनु हुँदैन’ उनले भने, ‘यो बेला सुरक्षित ढंगले घरभित्र बस्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७