नेपालीको प्रतिव्यक्ति आम्दानी १,४५६ डलर


१८ बैशाख २०८१, मंगलवार
money 4
फाइल फोटो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आम्दानी १,४५६ अमेरिकी डलर पुग्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको अन्तिमसम्म नेपालीहरूको खुद राष्ट्रिय प्रतिव्यक्ति आम्दानी गत वर्षको तुलनामा ५१ अमेरिकी डलर बढेर १४५६ डलर पुग्ने अनुमान कार्यालयले गरेको छ ।

त्यस्तै प्रतिव्यक्ति गार्हस्थ उत्पादन भने १,४३४ डलर पुग्ने प्रक्षेपण गरिएको छ । यो सबै बजार मूल्यमा हो । खुद राष्ट्रिय प्रतिव्यक्ति आम्दानी भने १,८४३ डलर पुगेको छ । रेमिट्यान्सको समेत आय जोडिने यो शीर्षकमा गत वर्षको तुलनामा उच्च वृद्धि भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७