सप्तरीमा भीषण आगलागी : दुई सय बढी घर भएको गाउँ नै सखाप


१८ बैशाख २०८१, मंगलवार
chimit aaglagi

सप्तरी । सप्तरीमा भीषण आगलागी भएको छ । महादेवा गाउँपालिका–१ मा भएको आगलागीबाट गाउँ नै सखाप भएको छ । दिउँसो करिब २ बजेबाट लागेको आगोले चिम्टी टोलका दुई सय बढी घर जलेका छन् ।

३ वटा बारुणयन्त्र, सुरक्षा नियका र स्थानीयले आगो निभाउने प्रयास गरे पनि आगो नियन्त्रणमा आउने नसकेको प्रहरीले जनाएको छ । वडाध्यक्ष जयकिशोर दासका अनुसार शत्रुधन यादवको घरबाट आगलागी शुरू भएको थियाे।

दासका अनुसार यो टोलमा यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको छ । हाल आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। राजविराज, शम्भुनाथ, हनुमाननगर कंकालिनी नगरपालिकाबाट आएको वारूणयन्त्रका साथै प्रहरी र स्थानीय आगो निभाउने काममा जुटेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७