मोटरसाइकल चोरीमा ‘गोरे ग्याङ’, ६ जना पक्राउ


२७ जेष्ठ २०७५, आईतवार
motercycle

कैलाली, २७ जेठ । साढे ३३ किलो सुन तस्करीका कारण ‘गोरे’ समूहको चर्चा चलिरहेका बेला मोटरसाइकल चोरीमा संलग्न अर्को ‘गोरे’ ग्याङका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।motercycle

कैलालीको विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरेर मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई सार्वजनिक गरेको छ । दिउँसो रेकी गर्ने र रातिको समयमा चोरी गरी नम्बर प्लेट परिवर्तन गरेर सस्तो मूल्यमा विभिन्न जिल्लामामा बिक्री गर्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । चोरीमा संलग्नहरुले कैलाली, कञ्चनपुर, बर्दिया र सुदूरपश्चिममा पहाडी जिल्ला पुगेर मोटरसाइकल बिक्री वितरण गर्ने गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोट घिमिरेले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरुमा कैलारी गाउँपालिकाका सञ्जु चौधरी (१८), धनगढी उपमहानगरपालिका ६ का रामभजन राना (१८) र सुरज राना (२०) त्यस्तै गोरे भनेर चिनिने धनगढी उपमहानरपालिका–६ कै राम भजन राना (२१) र दुई जना बिक्री वितरण गर्नेहरु घोडाघोडी नगरपालिका–९ का किसन चौधरी (२२) र कञ्चनपुर बेतकोट नगरपालिका–५ का पदम धानुक (२८) छन् । प्रहरीले उनीहरुबाट चोरी गरेका ७ थान मोटरसाइकल समेत बरामद गरेको छ ।

जसमध्ये ५ वटा पल्सर मोटरसाइकल, एउटा अपाचे र एउटा सुपर स्पेण्डर रहेको प्रहरीले जानकारी दिएको छ । गत जेठ २१ गते धनगढी उपमहानगरपालिका ५ हसनपुरका नवदित केसीको मोटरसाइकल चोरी भएको निवेदनहरु आएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा कञ्चनपुरको वेटकोट नगरापालिका–५ का पदम धानुकको घरमा लुकाइरहेको अवस्थामा केसीको मोटरसाइकल बरामद गरेपछि प्रहरीले धानुकलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा अन्य व्यक्तिहरु पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक घिमिरेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७