रियल म्याड्रिड र बायर्न म्युनिख २–२ को बराबरीमा रोकिए


१९ बैशाख २०८१, बुधबार
bahirmukhi2024 05 01 07 05 46

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र बायर्न म्युनिख बराबरी खेलेका छन् । बायर्नको घरेलु मैदानमा गएराती सम्पन्न खेलमा रियल म्याड्रिड र बायर्न म्युनिख २–२ को बराबरी खेलेका हुन् । खेलमा पहिलो गोल रियल म्याड्रिडका भिनिसियस जुनियरले गरे पनि दोस्रो हाफको ५३ र ५७ औं मिनेटमा बायर्न म्युनिखले गोल गर्दै खेलमा २–१ को अग्रता लिएको थियो ।

बायर्नका लागि लिरोय साने र ह्यारी केनले एक एक गोल गरेका थिए । त्यसपछि खेलको ८३औं मिनेटमा रियल म्याड्रिडले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेको थियो । रियलका लागि भिनिसियसले नै दोस्रो गोल गरेका थिए । अब सेमिफाइनलको दोस्रो लिग रियल म्याड्रिडको घरेलु मैदानमा मे ९ मा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७