एकल महिलासँग भाइ बनेर नजिकिए सिद्धार्थ, पछि अश्लील भिडिओको आडमा पटक–पटक गरे करणी


१९ बैशाख २०८१, बुधबार
Rape 2

काठमाडौं । अश्लील भिडिओ बनाएर ‘ब्ल्याक मेल’ गर्दै पटक–पटक करणी गरेको आरोपमा रुपन्देहीबाट एक युवक पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–१३ मा बस्ने ३६ वर्षीय सिद्धार्थ गुरुङ महिलालाई करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।

एकल महिलालाई ‘ब्ल्याक मेल’ गरी जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो । गुरुङले लगातार धम्की दिएर ती महिलालाई करणी गरेको आरोप लागेको छ । महिलाले दिएको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गुरुङले शुरुमा ती महिलालाई दिदी भनेर नाता लगाएको र पछि अश्लील भिडिओ बनाएर पटक–पटक बलात्कार गरेको महिलाको आरोप छ । ती महिला र गुरुङ केही समय व्यापारिक साझेदार समेत रहेको खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७