फेसबुक र इन्स्टाग्रामले भ्रम फैलाएको भन्दै इयूले सुरू गर्‍यो अनुसन्धान


१९ बैशाख २०८१, बुधबार
instagram 2024 03 15 09 03 00

ब्रसेल्स । युरोपेली आयोग (इयू) ले सामाजिक सञ्जालको विशाल कम्पनी मेटाको बिरूद्ध गलत सूचना अनुसन्धान सुरु गरेको छ । इयूले मंगलबारबाट फेसबुक र इन्स्टाग्रामको अपरेटरमाथि अनुसन्धानको घोषणा गरेको छ ।

अमेरिकी कम्पनीले ब्लकको अनलाइन सामग्री नियमहरू उल्लङ्घन गरेको आशंका गरे पछि सो अनुसन्धान सुरू गरेको हो । ब्रसेल्सले जुनमा इयुको चुनाव हुनु अघि गलत सूचनालाई रोक्नको लागि आफ्नो प्रयास बढाएको जनाएको छ । आयोगका अनुसार सामग्रीको मध्यस्थतामा मेटाको प्रयासहरू अपर्याप्त र भ्रामक विज्ञापन र विकृतिलाई सम्बोधन गर्न असफल भएको बताएको छ ।

डिजिटल सेवा ऐन जुन गत वर्ष प्रभावकारी रूपमा कार्यान्वयन आएको थियो । बिग टेकलाई सामाजिक मिडिया प्लेटफर्महरूमा गैरकानूनी र हानिकारक सामग्रीहरू रोक्न थप गर्न आवश्यक रहेको जनाएको छ । ‘हामीलाई शंका छ कि मेटाको मध्यस्थता अपर्याप्त छ, यसले विज्ञापन र सामग्री मध्यस्थता प्रक्रियाहरूको पारदर्शिताको अभाव छ,’ इयू डिजिटल प्रमुख मार्गरेट वेस्टेजरले एक विज्ञप्तिमार्फत भने । ‘त्यसैले आज हामीले डिजिटल सेवा ऐनसँग उनीहरूको अनुपालनको मूल्याङ्कन गर्न मेटाविरुद्ध कार्यवाही खोलेका छौं,’ उनले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७