कप्तानलाई बेञ्चमा राखेर वेष्ट इण्डिजसँग भिड्दै नेपाल, पहिला फिल्डिङ गर्दै


१९ बैशाख २०८१, बुधबार
nepal 3

काठमाडौं । वेष्ट इण्डिज ‘ए’ विरुद्धको तेस्रो टी–२० खेलमा नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सवा १२ बजेदेखि खेल शुरु हुनेछ ।

आज कप्तान रोहितकुमार पौडेललाई बिश्राम दिइएको छ । त्यस्तै, ओपनर कुशल भर्तेल, तीब्र गतिका बलर सोमपाल कामी र प्रतिश जिसीलाई पनि विश्राम दिइएको छ । नियमित कप्तान बेञ्चमा रहेपछि आजको खेलमा दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्नेछन् । अघिल्ला खेलका कप्तान रोहितकुमार पौडेलसहित कुशल भर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आज विश्राम दिइएको छ ।

नेपालको प्लेइङ ११
लोकेश बम, विनोद भण्डारी, अनिल कुमार शाह, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७