शर्तसहित नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीको पद थमौती


२७ जेष्ठ २०७५, आईतवार
Kamini

काठमाडौं, २७ जेठ । नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीराज भण्डारीको पद थमौती भएको छ । आइतबारको बसेको मन्त्रिपरिषदको बैठकले राजभण्डारीलाई शर्तसहित पद थमौती गरेको हो । यो सँगै उनले टेलिकममा निरन्तरता पाउने भएको छ ।Kamini

निर्देशक कामिनी राजभण्डारी ।

उनलाई नेपाल टेलिकम सञ्चालक समितीको बैठकले राजभण्डारीको कार्यसम्पादन क्षमता कमजोर भएकाले टेलिकमले अपेक्षित प्रगति गर्न नसकेको निष्कर्ष निकाल्दै हटाउने गरी स्पष्टीकरण सोधिएको थियो ।

कामिनीले दिएको स्पष्टिकरण मन्त्रिपरिषदमा पुगेपछि बैठकले राजभण्डारीलाई सचेत मात्र गराउने निर्णय गरेको हो । स्रोतका अनुसार उनलाई टेलिकमको सेवा विस्तार तथा गुणस्तर बृद्धिका लागि केही शर्त राखिएको राखिएको छ ।

यसअघि कार्यक्षमता कामिनीको कमजोर भएको कारण संस्थाको प्रगति हुन नसके, समायानूकुल अगाडि लैजान कर्मचारीहरुको परिचालन गर्न नसके लगायतको आरोप बोर्ड बैठकले लगाएको थियो ।

यस्तै उनीमाथि एनसेल भन्दा १ बर्षअघि फोरजीको अनुमति पाए पनि अहिलेसम्म काठमाडौं र पोखराबाहेक अन्यत्र सेवा विस्तार गर्न नसकेको आरोप पनि छ । एक बर्षपछि फोरजीको अनुमति पाएको एनसेलले २१ जिल्लामा फोरजी सेवा विस्तार गरिसकेको छ भने २९ जिल्लामा छिट्टै फोरजी सेवा पु¥याउन लागेको छ । तर नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले फोरजीको टेण्डर नै टुंगो लगाउन सकेकी छैनन् ।

याे पनि पढ्नुहाेस्
प्रबन्ध निर्देशक विना नै टेलिकमको बोर्ड बैठकः कामिनीको विकल्प खोजिंदै
प्रबन्ध निर्देशक कामिनीमाथि एक्सन लिने तयारी
नेपाल टेलिकमको 4G सेवाको ठेक्कामा २० अर्ब भन्दा बढी घोटाला

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७