काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा डुबेर बेपत्ता


११ कार्तिक २०७४, शनिबार
trisuli river rafting

काठमाडौं : राजविराजबाट काठमाडौं आउँदै गरेको एउटा धादिङको गजुरी ५ घारबेसीबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । ना ६ ख १४६७ नम्बरको बस सडकबाट धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो ।

trisuli river rafting
फाइल तस्बिर ।

बस नम्बर नखुलेको र कति यात्रु थिए भनेर एकीन पनि गर्न नसकिएको गजुरी प्रहरीले जनाएको छ । दुर्घटना स्थलबाट १५ जना घाइतेलाई उद्धार गरिएको गजुरी प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पतालमा राखिएको छ । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा परिचालित छन् ।

 राजविराजबाट यात्रु लिएर आएको बस हेटौंडामा आएर अर्को बसमा यात्रु हालेर पठाइएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७