अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने


२० बैशाख २०८१, बिहीबार
nassr

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ । गए राति सम्पन्न सेमिफाइनलमा अल नासरले अल खालीजलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए । २ खेलको प्रतिबन्धपछि खेलमा फर्किएका रोनाल्डोले दुई गोल गर्दै अल नासरलाई फाइनलमा पुर्‍याएका हुन् । त्यस्तै अल नासरको लागि अर्को गोल साडियो मानेले गरेका थिए ।

त्यसैगरी अल खालीजका लागि एक गोल फवाज टोराल्सले गरेका थिए । यसअघि पहिलो सेमिफाइनलमा अल हिलालले अल इतिहादलाई २–१ ले पराजित गर्दै फाइनलमा पुगेको थियो । अब किङ कपको फाइनल खेल मे ३१ मा हुनेछ र फाइनलमा अल नासर र अल हिलाल भिड्ने छन् । अल हिलाल किङ कपको डिफेन्डिङ च्याम्पियन समेत हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७