सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने


२० बैशाख २०८१, बिहीबार
dirgha sodari 1

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने तयारी गरेका छन् । यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । सोही दिन अपराह्न ५ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ भने बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

गत ६ वैशाखमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोडारी नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका हुन् । उनलाई सत्तारुढ दल र स्वतन्त्र सांसद तारा जोशी समेत गरी ३० सांसदको समर्थन छ । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७