पिएसजीमाथि डोर्टमण्डको जित


२० बैशाख २०८१, बिहीबार
psg

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत पहिलो लिगमा डोर्टमण्डले पिएसजीलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा डोर्टमण्डले पिएसजीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

यस खेलमा खेलको ३६औं मिनेटमा डोर्टमण्डका निकलस फुल क्रुंगले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितसँगै डोर्टमण्डले सेमिफाइनलमा १–० को अग्रता हासिल गरेको छ र अब दोस्रो सेमिफाइनल पिएसजीको घरेलु मैदानमा मे ८ मा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७