वेष्ट इण्डिज ‘ए’ ले टस जित्यो, नेपालले बलिङ गर्दै


२० बैशाख २०८१, बिहीबार
nepalcc

काठमाडौँ । नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको सिरिजको चौथो खेल आज हुँदैछ । त्रिवि मैदानमा हुने यो खेलमा वेष्ट इण्डिज ‘ए’ ले टस जितेको छ । वेष्ट इण्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

आज नेपाली टिममा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल र आसिफ सेख टिममा फर्किएका छन् । नेपाली प्लेइङ ११– रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी ।

त्यस्तै वेष्ट इण्डिज ‘ए’ ले भने तेस्रो खेलमा खेलेकै टिम खेलाएको छ । सिरिजमा अहिलेसम्म वेष्ट इण्डिज ए २–१ ले अगाडी रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार व्यहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो । नेपालले सिरिजको पाँचौं तथा अन्तिम खेल मे ४ मा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७