आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो


२० बैशाख २०८१, बिहीबार
upanirbachan2024 05 02 12 05 32

काठमाडौँ । निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।

बिहीबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएका हुन् । निर्वचन ऐन २०७४ को दफा ६२ मा निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७