अब पहुँचको भरमा माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने


२० बैशाख २०८१, बिहीबार
RGM Janaki 20240502 104649

रुपन्देही । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अब पहुँचका भरमा माफी मिनाहा हुने परिपाटी सदैका लाग बन्द हुने जनाएका छन् । आज (बिहीबार) बाँकेको बैजनाथ गाउँपालिका ३ नौवस्तामा रहेको क्षेत्रीय कारागारको उद्घाटन कार्यक्रममा उनले दलका नेतालाई भनेर, प्रहरीलाई भनेर गम्भीर अपराधमा जोडिएकाहरूले माफी मिनाहा गराउने सपना नदेख्न आग्रह गरे ।

गृहमन्त्री लामिछानेले राम्रो आचरण हुने कैदीबन्दीहरुलाई भने कानून बमोजिम माफी मिनाहा हुने बताएका छन् । उनले जसको कोही हुँदैनन् त्यसको सरकार हुने बताउँदै सामान्यतया कारागार जीवन बिताएर घर फर्केकाहरूको पुनर्स्थापनामा समस्या हुने गरेको त्यस विषयमा सरकार संवेदनशील रहेको बताए ।

RupaniGM JanakiBanke RSS 20 20240502 103116

कारागारभित्र मानव अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कारागारमा आधारभूत स्वास्थ्य, शिक्षा जस्ता विषयहरूमा सरकारले व्यवस्था गर्ने बताए । उनले देशमा अहिले डढेलोले दुःख दिएको बताउँदै डढेलो नियन्त्रणमा तिनै तहको सरकार मिलेर काम गर्नुपर्ने उल्लेख गरे । नागरिकको समस्या समाधान गर्न मन्त्रालयले यसअघि नै मातहतका निकायमा निर्देशन दिइसकेको उनले जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्री, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी लगायत बोलेका थिए । केही वर्षअघि आधुनिक भवनसहितको क्षेत्रीय कारागार निर्माण भए पनि प्रयोगमा आउन सकेको थिएन । जिल्लासँगै केन्द्रको समेत चासो र नीतिगत व्यवस्थाको विषय बनेको नौवस्ता कारागारको एउटा ब्लकमा बाल सुधार गृह सञ्चालन गरिएको हो ।

जिल्लासँगै केन्द्रको समेत चासो र नीतिगत व्यवस्थाको विषय बनेको नौवस्ता कारागारको एउटा ब्लकमा बाल सुधार गृह सञ्चालन गरिएको हो । नेपालगन्जमा कारागारमा तेब्बर कैदी बन्दी रहेको अवस्थामा क्षेत्रीय कारागार सञ्चालनले अब त्यसको उचित व्यवस्थापन हुने विश्वास व्यक्त गरिएको छ । दरबन्दी स्वीकृत भएसँगै उक्त कारागारमा नेपालगन्जस्थित कारागारका केही कैदी र अन्य जिल्लाबाट थप कैदी स्थानान्तरण गरी सञ्चालन गरिने तयारी कारागार व्यवस्थापन विभागको रहेको छ । ९ बिगाहा क्षेत्रफलमा निर्मित उक्त क्षेत्रीय कारागारलाई एउटा ब्लकमा १ हजार ५६ जना कैदिबन्दी रहन सक्ने गरी ४ वटा ब्लकमा निर्माण गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७