नेपाललाई तेस्रो सफलता : कुशल भुर्तेलले लिए दोस्रो विकेट


२० बैशाख २०८१, बिहीबार
Kushal

काठमाडौं । वेष्ट इण्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको वेष्ट इण्डिजको विकेट कुशल भुर्तेलले लिएका हुन् । यसअघि सागर ढकालले दुई विकेट लिएका थिए ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मैत्रिपूर्ण टी–२० को दोस्रो श्रृङ्खलामा आज दोस्रो खेल भइरहेको छ । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी बनेको थियो । आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा आयोजना हुँदैछ । आगामी आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।

यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्याण्ड्स छन् । वेष्ट इण्डिज भने टी–२० विश्वकपको समूह ‘सी’ मा रहेको छ । यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यूगिनी र युगाण्डा छन् । यसअघि नेपाल र वेष्ट इण्डिजले एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एक दिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल वेष्ट इण्डिजसँग १०१ रनले पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७