कप्तान रोहित पौडेलको आज पनि अर्धशतक


२० बैशाख २०८१, बिहीबार
rohit

काठमाडौँ । वेष्ट इण्डिज ‘ए’ विरुद्धको टी–ट्वेन्टी सिरिज अन्तर्गत चौथो खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् । ३४ बलमा उनले अर्धशतक प्रहार गर्ने क्रममा रोहितले ६ चौका र २ छक्का प्रहार गरे । शुरुमा लगातार विकेट गुमाएको नेपालको पारी रोहितले सम्हाल्ने प्रयास गरिरहेका छन् ।

ओपनर आसिफ शेखलाई शून्यमा गुमाएको नेपालले त्यसपछि लगातार दुई विकेट गुमाएको थियो । कुशल भुर्तेल एक र कुशल मल्ल ४ रनमा आउट भए । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपाल २ सय १० रनको विशाल लक्ष्य पछ्याइरहेको हो । आजको खेल हारे नेपालले एक खेल अघि नै श्रृंखला गुमाउनेछ ।

यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो । उसका आन्द्रे फ्लेचर र जोन्सन चार्ल्सले अर्धशतकीय पारी खेले । ५४ बल खेलेका फ्लेचर ८४ रनमा अविजित रहे। उनले ९ चौका र ४ छक्का प्रहार गरे ।

चार्ल्सले ५८ रनको योगदान गरे । ३० बल खेलेका उनले ६ छक्का र ३ चौका हिर्काए। फाबिआन एलेनले आउट नभई ३३ रन बनाए । नेपालका कुशल भुर्तेलले २ र प्रतिस जिसिले एक विकेट लिए । पाँच खेलको सिरिजका लागि नेपाल भ्रमणमा आएको वेष्ट इण्डिज ए २–१ ले अगाडि छ । पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र हिजो भएको तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो। यी दुईबीचको पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ । रोहितले यसअघि पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक प्रहार गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७