नक्कली शैक्षिक प्रमाणपत्रले सरकारी जागिर खाने अहेवविरुद्ध मुद्दा


२० बैशाख २०८१, बिहीबार
Akhtiyar

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्रवेश गरेको आरोपमा एक जना सिनियर अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले गल्याङ नगरपालिका स्याङ्जाका अहेव दुर्गाप्रसाद भट्टराईले एलएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नेपाल सरकारअन्तरगत ग्रामीण स्वास्थ्य कार्यकर्ता पदमा नियुक्ति भइ तह–तहहुँदै सिनियर पदसम्म बढुवा भइ सो तहको ओहदा,लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप –पत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता नरहरी घिमिरेले एसएलसी तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा अहेव भट्टराईले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय,वाराणसी,भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी सरकारी सेवा प्रवेश गरेको पुष्टि हुन आएकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको जानकारी दिए । उनीमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिमको कैद र जरिवाना हुन मागदावी गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७