सिंहदरबारमा प्रधानमन्त्रीसँग दुई घण्टा वार्ता गरेर बाहिरिए ओली, के भयो कुराकानी ?


२० बैशाख २०८१, बिहीबार
kp oli

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारुढ साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दुर्घ घण्टा लामो भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिव दुई घण्टा भेटवार्ता भएको हो । भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताएका छन् । उनले संसदको बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘संसदको अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो । संसदको मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः४० बजे पुगेका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकि सिंहदरबारबाट बाहिरिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७