‘सिधा कुरा’ का सम्पादकले अडियो दिने स्रोतलाई पोले, सर्वोच्चले बयानका लागि बोलायो


२० बैशाख २०८१, बिहीबार
sarbocha

काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकमबाट प्रशारित अडियो सामग्री उपलब्ध गराउने राजकुमार तिमिल्सिनालाई बयानका लागि झिकाउने आदेश दिएको छ । अवहेलना मुद्दा खेपेको सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेलले आफूलाई अडियो उपलब्ध गराउने व्यक्तिको नाम पोलेका हुन् । वैशाख १७ गतेको आदेशअनुसार बयानका लागि बिहीबार सर्वोच्च अदालतका पुगेका कँडेलले आफूहरुलाई विवादित अडियो ललितपुर गोदावरीका राजकुमार तिमिल्सनाले दिएको बयानका क्रममा खुलाएका हुन् ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले ललितपुरको गोदावरीमा बस्ने तिमिल्सिनालाई वैशाख २३ गते अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

‘बयानका क्रममा प्रकाशक युवराज कँडेलले प्रसारित अडियो सामाग्रीको स्रोत ललितपुर गोदावरी बस्ने राजकुमार तिमिल्सिना भनी खुलाएको देखिएको (फोन नं. ९७६०८२१३३३ इमेल [email protected]) र Dark File–2 / 3 मा निजले अन्तर्वार्ता दिएको भन्ने देखिएको हुँदा निजलाई समेत उल्लेखित अडियो भिडियो सम्बन्धमा अदालतको अवहेलनामा किन कारबाही र सजाय गर्नु नपर्ने हो ? त्यसरी कारबाही गर्नु नपर्ने आधार र कारण भए आफूसँग भएका सवुद प्रमाणसहित बयानका लागि यस अदालतमा उपस्थित हुनु भनी फोन र इमेलबाट जानकारी लिई त्यसको अभिलेख राख्नु,’ आदेशमा भनिएको छ ।

त्यस्तै सिधाकुरा डटकमका प्रकाशक कँडेलको बयान सकिएको र कार्यकारी सम्पादक नविन ढुंगानाको बयान बाँकी रहेको भन्दै अदालतले शुक्रबार १० बजे अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७