भेलुबाजेको निधन


२० बैशाख २०८१, बिहीबार
velu 1

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा रुचाइएका प्यूठानका मिनबहादुर बुढामगर (भेलुबाजे) को निधन भएको छ । बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको अस्पतालले जनाएको छ ।

उनलाई सहयोग गर्नेहरु थपिङ्गदै गएका छन् । पत्नी वियोगमा परेका उनको दैनिक जीविका सहज बनाउनका लागि सहयोग गर्नेहरु भेटिएका हुन् । गत भदौंमा उनकी ५९ वर्षीया श्रीमती बिस्ना बुढाको निधन भएको थियो । केहीबेरअघि उनलाई डाक्टरले मृत घोषणा गरेका उनको ज्वाइँ हिमलाल पुन मगरले जानकारी दिए ।

युट्युबलगायत सामाजिक सञ्जालमा उनलाई भाइरल गराएका युट्युबर तेजेन्द्र परियारले भने, ‘मसहित गएर दिउँसो अस्पतालमा भर्ना गराएका हौँ । उहाँलाई सास फेर्न गाह्रो भइरहेको थियो तर बोल्न सक्ने नै हुनुहुन्थ्यो । मृत्युका बारेमा आफन्तले अरु कुरा पनि गरिरहनु भएको छ । म बहिनीको उपचारका लागि बुटवल आएको छु । भर्खरै थाहा पाएँ, बाजे बित्नुभो भनेर ।’

स्वर्गद्धारी नगरपालिका–५ सारी प्यूठानका युवा नेता भरत राउतले भेलुबाजेका लागि सहयोग अभियान चलाएका छन् ।अहिलेसम्म एक लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग जुटिसकेको राउतले जानकारी दिएका छन् । साउदी अरबबाट उमान जिएम र मलेशियाबाट मनिष विष्ट र सन्तोष केसीले अगुवाईमा पनि सहयोग संकलन भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७