हावाहुरीले पोखरामा पाँच प्याराग्लाइडर फेवातालमा खसे


२७ जेष्ठ २०७५, आईतवार
ssssssssss

पोखरा, २७ जेठ । हावाहुरीका कारण आइतबार पोखरामा पाँच प्याराग्लाइडर दुर्घटनामा परेका छन् । प्याराग्लाइडिङ गर्ने पाइलट र पर्यटक भने सुरक्षित रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।ssssssssss

सराङकोटबाट उडेर आकाशमा रमाउँदै गरेका दुई प्याराग्लाइडर फेवातालमा खसेका हुन् । अन्य तीन प्याराग्लाइडर ताल किनारको जङ्गलमा खसेको वडा कार्यालय बैदामका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिए । फेवातालमा दुर्घटना भएका प्यारापाइलोटलाई सशस्त्र प्रहरीको उद्धार टोली, नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका हुन्। ताल किनारका जंगलमा खसेका प्यारापाइलोट स्थानीयको सहयोगमा उद्धार गरी घर फर्केको प्रहरीले बताएको छ ।

फेवतालमा माउण्टेट फ्लायर र पिस हिमालयन प्याराग्लाइडिङ कम्पनीबाट उडान भरेको प्यारा तालमा खसेको प्रहरीले बताएको छ । माउण्टेन फ्लायर पाइलोट करण पहारी र भारतको आग्राहाका पर्यटक दिलिप शर्मा, पिस हिमालयन प्याराग्लाइड्रिका पाइलोट सुरेश नेपाली र चिनियाँ पर्यटकलाई प्रहरीले तालबाट उद्धार गरेको हो दुर्घटनामा परेको सबै प्यारापाइलट र पर्यटक सकुशल रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७