शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिन शुरु


२७ जेष्ठ २०७५, आईतवार
Rin Photo 768x366

गुल्मी, २७ जेठ । सरकारले ल्याएको शैक्षिक प्रमाण–पत्र धितोमा विद्यार्थीलाई ऋण दिने कार्यक्रम लागू भएको छ । सोही कार्यक्रम अनुसार गुल्मीमा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरिएको छ । सरकारले घोषणा गरेको शैक्षिक प्रमाणपत्र धितोमा राखेर युवाहरुलाई ऋण दिने घोषणा गरेको थियो ।Rin Photo 768x366

शैक्षिक प्रमाणपत्र राखेर ऋण दिने सरकारको घोषणा कार्यान्वयन गर्दै जिल्ला युवा समितिको कार्यालय गुल्मीले जिल्लाका तीन वटा युवा समूहलाई प्रति समूह पाँच लाखका दरले ऋण दिएको हो । जसमा इन्द्रेणी बहुउद्देश्यीय युवा कृषक समूह, सालिमे उन्नत पशुपालन तथा दुग्ध उत्पादन समूह र उर्लेनी बहुउद्देश्यीय युवा कृषक समुह परेका छन् ।
जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले उनीहरुलाई चेक र व्यानर प्रदान गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७