गायिका मेनुकाको आँखामा राखियो ‘कस्मेटिक प्रोथेस्टिक’, अब चस्मा लगाउनु नपर्ने


०७:३७ बजे

काठमाडौं । गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया (अप्रेसन) गरिएको छ । उनको शल्यक्रियामार्फत कृत्रिम आँखा राखिएको हो । जसलाई ‘कस्मेटिक प्रोथेस्टिक’ भनिन्छ । केही दिनअघि तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको हो ।

‘कस्मेटिक प्रोथेस्टिक’ राखिए पनि मेनुकाको दृष्टि भने फिर्ता आउने छैन । तर अब उनले चस्मा भने नलगाए पनि हुनेछ । उनको खुला आँखा सिधा र सामान्य जस्तै देखियोस् भनेर शल्यक्रिया गरिएको हो । प्रोथेस्टिक राखेपछि मेनुकालाई अब चस्मा लगाउन जरुरी छैन । ‘कस्मेटिक प्रोथेस्टिक’ राखिए पनि मेनुकाको दृष्टि चाहिं फिर्ता नआउने अस्पतालका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले बताए । ‘यो फङ्सनल होइन, चस्मा खोलेर बाहिरबाट हेर्दा उहाँको आँखा अलि राम्रो देखियोस् भनेर कस्मेटिक प्रोथेस्टिक राख्या हो,’ उनले भने ।

सर्वसाधारणले बुझ्ने भाषामा यो सर्जरीलाई बाहिरबाट हेर्दा खाल्डोलाई पुरेको मात्र भन्न सकिने रुइतले जानकारी दिए । ‘उहाँको दृष्टिमा सुधार आउने सम्भावना त छैन । तर कस्मेटिक प्रोथेस्टिक सर्जरी नै हो । चस्मा खोल्दा उहाँलाई सहज हुन्छ,’ उनले भने । उनका अनुसार प्रोथेस्टिक राखेपछि मेनुकालाई अब चस्मा लगाउन जरुरी छैन ।

अहिलेसम्म बनेको प्रविधिले मेनुकाको आँखामा दृष्टि फिर्ता ल्याउन नसक्ने डा. रुइतले बताए । ‘अहिलेसम्मको प्रविधिले उहाँमा ज्योति फिर्ता ल्याउँदैन । प्रविधि बलियो भएर आयो भने भविष्यमा आउँला,’ उनले भने, ‘उहाँको आँखामा ज्योति आउँदैन भनेर मैले पहिला पनि भनेको हुँ । यो कुरामा अहिले पनि म कायम छु ।’ यसअघि इण्डियन आइडलको सिजन १४ मा पनि मेनुकालाई एआईजडित चस्मा प्रदान गरिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७