नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेललाई नौं वर्ष कैद, साढे ४६ करोड असुलिने


२५ बैशाख २०८१, मंगलवार
Sunil poudel

काठमाडौं । नेशनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा दोषी ठहरिएका सुनिल पौडेललाई नौं वर्ष कैद हुने भएको छ । विशेष अदालतबाट वैशाख ७ गते दोषी ठहर भएका पौडेलको सजाय मंगलबार निर्धारण भएको हो ।

विशेषका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई सजाय तोकेको हो । उनीविरुद्ध निर्धारण भएको बिगो बराबर २३ करोड २७ लाख ५८ हजार रुपैयाँ र त्यति नै रकम जरिवाना भराउने फैसला पनि गरेको छ । यो दुवै जोड्दा ४६ करोड ५३ लाख रुपैयाँ हुन्छ ।

पौडेलसहित नौ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएकोमा आठ जनाले सफाइ पाएका थिए । अख्तियारले पौडेलविरूद्ध २३ करोड रूपैयाँबराबर सम्पत्तिको स्रोत नखुलेको भन्दै अकुत सम्पत्तिसम्बन्धी बेग्लै भ्रष्टाचार मुद्दा पनि चलाएको छ । यस मुद्दामा उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । उनी नेपालको सूचना प्रविधि क्षेत्रका अन्य भ्रष्टाचार प्रकरणमा पनि मुछिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७