कालीकोटका किसानलाई गोठालो भत्ता


२६ बैशाख २०८१, बुधबार
Veda Rukum scaled

कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’ बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो ।

पशुपालन बढाउन गाउँपालिकाले किसानलाई गोठालो भत्ताको व्यवस्था गरेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पशुपालक किसानलाई मासिक रु एक हजार प्रदान गरिने जानकारी दिए । गोठालो भत्ता कार्यविधिअनुसार चार वटा भैँसी, ३० वटा बाख्रा र ४० वटाभन्दा बढी भेडा व्यावसायिक रूपमा पाल्ने किसानलाई भत्ता दिइनेछ ।

युवा तथा बेरोजगारलाई कृषिकर्ममा आकर्षित गर्न कार्यक्रम अघि सारिएको गाउँपालिका प्रवक्ता प्रदीप बोहराले बताए । ‘गाउँमा गोठालोलाई हेयका हेरिन्छ’, उनले भने, ‘यसले गोठालोको सम्मान गर्नेछ ।’ ‘नरहरिनाथ गाउँपालिका पशुपालनको प्रचुर सम्भावना छ । यहाँ धेरै भैँसी तथा भेडाबाख्रापालक किसान छन्, उनीहरूलाई पशुपालनमा प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको हो’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७