छात्राको ‘फेक अकाउण्ट’ बनाएर अश्लील सामग्री बनाएर पोष्ट गर्ने शिक्षक पक्राउ


२६ बैशाख २०८१, बुधबार
cib

काठमाडौं । नाबालिका छात्राको चरित्र हत्या गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले एक जना शिक्षकलाई पक्राउ गरेको एसपी दिपकराज अवस्थीले जानकारी दिए ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–४ काहालान्चका २८ वर्षीय शिक्षक छन् । निजी विद्यालयमा पढाउने शिक्षकको प्रहरीले परिचय खुलाएको छैन । नाबालिकाले अनलाइनमार्फत अध्ययन गर्न फेसबुक खोलेकी थिइन् । उक्त फेसबुकमा राखेका तस्वीरहरू ती शिक्षकले डाउनलोड गरेका थिए । नाबालिकाको नक्कली फेसबुक आइडी बनाएर अश्लील तस्वीरमा नाबालिकाको अनुहार जोडेर, अश्लील गतिविधिका कन्टेन्ट लेखेर चरित्र हत्या गरेको प्रहरीले जनाएको छ ।

यसरी चरित्र हत्या गरेको भन्दै नाबालिकाका अभिभावकले ब्युरोमा निवेदन दिएका थिए । त्यसको अनुसन्धान र प्राविधिक विश्लेषण गर्दा ती शिक्षक रहेको खुलेको हो । ब्युरोले ती शिक्षकलाई सोमबार पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप भई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७