रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा


२७ बैशाख २०८१, बिहीबार
real madrid2024 05 09 06 05 41

काठमाडौँ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गए राति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखलाई २–१ ग्गोल अन्तरले पराजित गर्दै समग्रमा ४–३ को नतिजासहित रियल म्याड्रिड फाइनलमा पुगेको हो ।

यस खेलमा १–० ले पछि परेको रियल म्याड्रिडले खेलको ८८औं र ९१औं मिनेटमा गोल गर्दै जित हासिल गरेको थियो । रियल म्याड्रिडका लागि दुवै खेल जोसेलुले गरेका थिए । त्यस्तै बायर्न म्युनिखका लागि एक गोल अलफोसनो डाभिजले गरेका थिए । यसअघि सम्पन्न सेमिफाइनलको पहिलो लिग २–२ गोलको बराबरीमा सकिएको थियो ।

योसँगै रियल म्याड्रिड १८औं पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । रियलले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिग जितेको छ र विश्वमा सबैभन्दा बढी पटक च्याम्पियन्स लिग जित्ने क्लब हो । अब रियल म्याड्रिडले फाइनलमा जर्मनी क्लब बोरुसिया डोर्टमण्डको सामना गर्नेछ । फाइनल खेल जुन २ मा लण्डनस्थित विम्बली स्टेडियममा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७