कलंकीबाट हराएकी २० वर्षीया स्नेहा आठ दिनपछि पशुपति क्षेत्रमा विक्षिप्त अवस्थामा भेटिइन्


२७ बैशाख २०८१, बिहीबार
sieneha

काठमाडौँ । काठमाडौंको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने आठ दिनपछि बुधबार साँझ पशुपति क्षेत्रमा भेटिएकी छिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिए । उनी हराउनुका कारण पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको एसपी अधिकारीको भनाई छ । ‘अहिले उनी विक्षिप्त अवस्थामा छिन्, ‘काउन्सिलिङ’ गरेपछि मात्रै जानकारी लिने काम हुन्छ’, प्रवक्ता अधिकारीले भने ।

उनको घर चितवनको कालिका नगरपालिका–६ जमुनापुर भए पनि लामो समयदेखि कलङ्कीस्थित मामाघरमा बसेर इञ्जिनियरिङ पढ्दै आएकी थिइन्। उनी यही वैशाख १९ गतेदेखि हराइरहेकी थिइन् । परीक्षा आउन लागेकाले तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किएकी उनले पछि फोन गरेर घर आउन लागेको बताएपछि सम्पर्कविहीन भएकी उनका परिवारले बताएका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७