लखनउमाथि सनराइजर्सको १० विकेटको जित


२७ बैशाख २०८१, बिहीबार
sunrisers2 20240509065422

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा सनराइजर्सले लखनउलाई १० विकेटले पराजित गरेको हो ।

लखनउले दिएको १६६ रनको लक्ष्य पछाएको सनराइजर्सले ९.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । सनराइजर्सको जितमा अभिषेक शर्माले २८ बलमा ७५ तथा ट्राभिस हेडले ३० बलमा ८९ रन बनाएका थिए । यो आइपिएलको इतिहासमा कुनै पनि टिमले १० ओभर अगाडि नै बनाएको सबैभन्दा बढी रन हो ।

यसअघि लखनउले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो । यो जितपछि सनराइजर्स हैदारावाद १२ खेलमा १४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लखनउको भने १२ खेलमा १२ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७