युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी


२७ बैशाख २०८१, बिहीबार
russia 1

काठमाडौं । रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको दाबी गरेको छ । दुई वर्षअघि आफ्ना सेनालाई पछाडि धकेलिएको खार्किभ क्षेत्र पनि समावेश रहेको रुसले जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले सेनाले ‘खार्किभ क्षेत्रमा किस्लिभ्का गाउँ’ र ‘डोनेट्स्क पिपुल्स रिपब्लिकमा नोभोकालिनोभ’ लाई मुक्त गरेको जनाएको छ । किस्लिभ्का संकटग्रस्त युक्रेनी गढ कुपियान्स्कबाट करिब २० किलोमिटर टाढा छ भने नोभोकालिनोभ अवडिभकाबाट करिब १० किलोमिटर उत्तरमा छ । यी गाउँलाई मस्कोले फेब्रुअरीमा कब्जा गरेको थियो ।

युक्रेनी सेनामा गोला–बारुदको गम्भीर अभावको फाइदा उठाएर रुसले उत्तरपूर्वमा नयाँ आक्रमणको तयारी गरिरहेको हुनसक्छ भन्नेमा युक्रेनका अधिकारीहरू चिन्तित छन् । युक्रेनका कमान्डर–इन–चिफ अलेक्जेन्डर सिरस्कीले अप्रिलमा किएभ तीन वटा गाउँबाट पछि हटेको र अगाडिको रक्षा गर्नका लागि किल्लाको नयाँ लाइन बनाइरहेको बताएका थिए ।

मस्कोले हालका महिनाहरूमा मोर्चामा अग्रता हािसल गरेको छ । किएभले पश्चिमी सहयोगको महत्त्वपूर्ण आपूर्तिको प्रतीक्षा गरिरहेको बेला रुसले युद्धमैदानमा आफ्नो जनशक्ति र हतियारको फाइदाका कारण दबाब बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७