३० लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण


२७ बैशाख २०८१, बिहीबार
mai

तनहुँ । तनहुँको व्यास नगरपालिका–३ बिपी वनबाटिका खेल मैदानमा ‘इलेभेन ए साइड’ खेल मैदानमा दुई सय ५० जना दर्शक बस्न सक्ने प्यारापिट निर्माण भएको छ ।

व्यास नगरपालिकाको रु ३० लाख आर्थिक सहयोगमा एक हजार एक सय २७ वर्गफिट क्षेत्रफलमा निर्माणाधीन प्यारापिटको ७५ प्रतिशत काम पूरा भएको छ । प्यारापिटले दर्शकलाई घामपानीबाट बचाउँछ । उक्त खेल मैदानलाई फुटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, बास्केटबललगायत खेल प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य रहेको बिपी वनबाटिक खेल मैदान निर्माण समितिका अध्यक्ष भुवन गोशलीले बताए ।

यसअघि भिमाद नगरपालिका–६ क्याम्पस रोडस्थित रङ्गशालामा प्यारापिट निर्माण भएको थियो । तीन हजार दर्शक क्षमताको उक्त प्यारापिट कूल रु ५२ लाख ८४ हजार दुई सय लागतमा निर्माण भएको हो । प्यारापिट बनाउन भिमाद नगरपालिकाको ४६ लाख ८० हजार र स्थानीयले रु छ लाख चार हजार दुई सय सहयो गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७