लागुऔषध कारोबारी पक्रिन बाँके प्रहरीले चलायो गोली


२७ बैशाख २०८१, बिहीबार
Firing Gun1688543404
सांकेतिक तस्वीर

काठमाडौं । बाँके प्रहरीले गोली हानेर एक लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । बाँकेको कोहलपुरस्थित पिपरामा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले एक राउण्ड गोली प्रहार गरी लागूऔषध खैरो हेरोइन कारोबारी शुशील परियारलाई नियन्त्रणमा लिइएको ब्यूरोका प्रमुख एसएसपी गोविन्द थपलियाले जानकारी दिए ।

उनका अनुसार प्रहरी निरीक्षक रुपेश विष्ट र प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेलले बाँके प्रहरीको सहयोगमा अपरेशन चलाएका थिए । प्रहरीले परियारबाट ११० ग्राम खैरो हेरोइन बरामद गरेको छ । थपलियाले भने, ‘परियार खैरो हेरोइनका सक्रिय कारोबारी रहेको सूचना पाएपछि पक्राउ गर्न हाम्रो टोली पुगेको थियो, परिस्थिति बाहिर जान खोजेपछि प्रहरीले नियन्त्रणमा लिन गोली चलाउन परेको हो । थप अनुसन्धान गर्दैछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७