पाँच दर्जन सहसचिवको सरुवा सूची प्रधानमन्त्री कार्यालयमा


२७ बैशाख २०८१, बिहीबार
sanghiya

काठमाडौँ । सरकारले ठूलो संख्यामा सहसचिवको सरुवा तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णयबाट सदर हुने गरी पाँच दर्जन बढी सहसचिवको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो ।

नौ जना पदस्थापनसहित पुग नपुग दर्जन जति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका सहसचिवको पदस्थापन हुँदैछ भने संघीय तथा प्रदेश मन्त्रालयका सहसचिवहरूको अदली बदली गरिँदै छ । प्राप्त जानकारी अनुसार आधा दर्जन बढी सहसचिवहरू गृह मन्त्रालयतिर जाँदैछन् भने चार जना सहसचिव बाहिरिँदै छन् ।

एक–दुई जना सहसचिव अर्थ मन्त्रालयमा पनि पस्ने भएका छन् भने दुई जना जति सहसचिव परराष्ट्र मन्त्रालय इन्ट्रि(विदेशका लागि) हुने सम्भावना उच्च रहेको उच्च स्रोतले जानकारी दिएको छ । ठूला तथा मालदार (कमाऊ) भनिएका अड्डामा जान केही सहसचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइँदै छ ।

कैयन पटक करेक्सन भएको यो सूची निर्णय भएर आउञ्जेलसम्म अझै फेरबदल हुन सक्ने स्रोतले जनाएको छ । पछिल्लो समय सरुवा भद्रगोल बन्दै गएको छ । त्यसैमाथि सहसचिवको सरुवा त सबैभन्दा जटिल र कठिन बनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७