कोशीको मुख्यमन्त्रीमा दावी पेश गरेका हिम्मत कार्कीका समर्थकको सनाखत शुरु


२७ बैशाख २०८१, बिहीबार
Koshi sanakhad

मोरङ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई समर्थन गर्ने प्रदेशसभा सदस्यहरुको सनाखत शुरु गरेका छन् ।

आज बिहानमात्र ५२ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । लगत्तै प्रदेश प्रमुख खापुङले हस्ताक्षर गर्ने सबै सदस्यहरुलाई सनाखतका लागि उपस्थिति हुन आग्रह गरेका हुन् । कार्कीलाई नेकपा (माओवादी केन्द्र) सहितको दलको समर्थन रहेको छ । प्रदेश प्रमुख कार्कीले आज साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका थिए । उनको आह्वान गैरसंवैधानिक रहेको दाबी सहित मुख्यमन्त्री केदार कार्कीले भने अदालत जाने बताएका छन् ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न समर्थन गरेका सांसदलाई परिचय पत्रसहित उपस्थित गराइ सनाखत गर्न निर्देशन दिएका थिए । दुई दलले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता गरी वैशाख ७ गते प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित गरी कार्कीलाई विश्वासको मत लिन भनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७