बागमती प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गर्न सिफारिस


२७ बैशाख २०८१, बिहीबार
Ganga shrestha

मकवानपु । बागमती प्रदेश सभाको बर्खे अधिवेशन ३१ वैशाखमा गर्ने गरी आह्वान गर्न सिफारिस गरिएको छ । बिहीबार हेटौँडामा बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजेका बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा योजनामन्त्री गंगानारायण श्रेष्ठले मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बर्खे अधिवेशन आह्वान गर्ने जानकारी गराए । बजेट अधिवेशनको रूपमा रहेको अधिवेशनबाट सरकारको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गर्ने तथा छलफल गरी पारित गरिने छ । गत वैशाख १२ गते राति १२ बजे प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७