कोशीका नव नियुक्त मुख्यमन्त्री कार्कीको शपथ ५ बजे, को–को बन्दै छन् मन्त्री ?


२७ बैशाख २०८१, बिहीबार
Koshi Mantri 1

मोरङ । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आज (बिहीबार) नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने भएका छन् । नव नियुक्त मुख्यमन्त्री कार्कीको आजै दिउँसो ५ बजे शपथ लिने तयारी छ । शपथको तयारीमा प्रदेश प्रमुख कार्यालय जुटिसकेको छ ।

मुख्यमन्त्री कार्कीको शपथकै क्रममा केही मन्त्रीले पनि शपथ लिने तयारी भइरहेको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिएका छन् । आज एमाले र माओवादी केन्द्रबाट एक–एक जना मन्त्री बन्ने छन् ।

जसमा एमालेबाट इलामका सांसद राम राना र माओवादीबाट दुर्गाप्रसाद चापागाईंको मन्त्री बन्ने सम्भावना बलियो छ । एमालेबाट राम राना मन्त्री बन्ने लगभग निश्चित छ, माओवादी केन्द्रबाट दुर्गा चापागाईंको सम्भावना बलियो छ, तर अन्तिम टुङ्गो भने लागिनसकेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७